अर्थमन्त्री खतिवडाले पुनः लिए शपथ
खबर एक्सप्रेस
२०७६-११-२१ ०५:४३ मा प्रकाशित
Total Shares: 332
काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधवार डा. खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथग्रहरण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिती रहेको थियो ।
राष्ट्रियसभामा दुई वर्षे कार्यकाल सकिएपछि अर्थमन्त्री डा युवराज खतिवडाले हिजो पदबाट राजीनामा दिएका थिए ।
उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले डा खतिवडालाई पुन अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
फेसबुक पेज Like गर्नुहोस