दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट फिर्ता
खबर एक्सप्रेस
२०८०-०८-१० ०३:५४ मा प्रकाशित
Total Shares: 151
काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन फिर्ता लिएका छन्।
गत शुक्रबार दोस्रो दिनको आन्दोलन गर्न लाग्दा प्रसाईं घरमै नजरबन्दमा परेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका थिए । तर, प्रसाईंलाई प्रशासनले नजरबन्दमुक्त गरिसकेकाले आफूहरुले निवेदन फिर्ता लिएको भण्डारीले बताए।
गत शुक्रबार काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्न प्रशासनले प्रतिबन्ध लगाएपछि प्रसाईंले पत्रकार सम्मेलन गरी आफूलाई घरमै नजरबन्दमा राखेको दाबी गरेका थिए।

.gif)




फेसबुक पेज Like गर्नुहोस