माओवादीले माग्यो सार्वजनिक लेखा समितिका सभापति पोखरेलको राजीनामा
खबर एक्सप्रेस
२०८१-०९-०४ ०५:५९ मा प्रकाशित
Total Shares: 112
विराटनगर-नेकपा माओवादी केन्द्रले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ।
माओवादी कोशी प्रदेश संसदीय दलले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति पोखरेलको राजीनामा मागेको हो।
पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको माओवादी केन्द्रले आरोप लगाएको छ ।
माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पोखरेलको राजीनामा मागेका हुन्।
उमागौरी सहकारी प्रकरणमा पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । यो मुद्दामा अञ्जलासहित २५ जना फरार छन्।

.gif)




फेसबुक पेज Like गर्नुहोस