माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा
खबर एक्सप्रेस
२०७८-०४-०६ ०९:५८ मा प्रकाशित
Total Shares: 297
काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक बुधबार दिउँसो २ बजे बस्नेछ ।
स्थायी कमिटी सदस्य वर्षमान पुनका अनुसार बैठकमा सरकारलाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार गर्ने र पार्टीको संगठनात्मक विषयमा छलफल हुने छ ।
आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारीमा छन् । देउवा नेतृत्वको सरकारमा हाल माओवादीबाट पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन् । संविधानतः प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाइन्छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस