काठमाडाैं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई कहिँकतैबाट पनि राजीनामाको अनुरोध वा निर्देशन नआएको दावी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणको निर्देशकमा कूलमान घिसिङलाई ल्याउने तयारी भएको समाचार प्रकाशित भइरहेको शाक्यले भने सो दावी गरेका हुन् ।

बुधबार काठमाडाैंमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । शाक्यले वैकल्पिक बाटो दिइए प्राधिकरण छाड्न तयार भएको तर अक्षम भनेर निकाल्न खोजिए शैह्य नहुने बताएका छन् । ‘वैकल्पिक बाटो दिँदा जान्छु, जिम्मेवारी लिन्छु तर, अक्षम भनेर निकाल्न पाइँदैन, अन्याय गरे अदालत पनि छ ।’

शाक्यले आफूले प्राधिकरण सम्हालेयता धेरै सुधारको काम गरेको पनि दावी गरेका छन् ।

शाक्यलाई हटाएर कुलमान घिसिङलाई निर्देशकमा नियुक्त गर्न लागेको खबर बाहिरिएसँगै बिभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन् ।