नेपालमा भित्रियो सलह किरा
खबर एक्सप्रेस
२०७७-०३-१३ ११:५२ मा प्रकाशित
Total Shares: 495
काठमाडौं - नेपालमा सलह किरा प्रवेश गरेको छ । पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान सलह कीराका समूह देखिएको हो ।
बारा जीतपुर, सिमरा नगरपालिका, निजगढ नगरपालिकामामा सलह देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतले बताएको छ ।
यसअघि कृषि मन्त्रालयको एउटा निकायले अब कीरा नेपाल प्रवेश नगर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको थियो । तर, यो निष्कर्ष निकालिएको एक महिना पनि नपुग्दै नेपालमा भारतबाट सहल प्रवेश गरेको हो ।
अहिले कृषि प्राविधिक टोली सलह देखिएको स्थान पुगिसकेको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस