पुनर्जीवित भएर आएका छौँ, प्रभावकारी ढङ्गले काम गरौँ: माधव नेपाल
खबर एक्सप्रेस
२०७८-०४-१० ०१:३० मा प्रकाशित
Total Shares: 254
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद फेरि पुनःस्थापना गर्न सफल भएकोमा सबै पक्षलाई धन्यवाद दिएका छन् । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संसद पुनःस्थापनापछिको पहिलो बैठकमा बोल्दै नेता नेपालले संसद पुनःस्थापनाका कारण सबैको भेट भएकोमा खुसी ब्यक्त गरे । ‘हामी सबैलाई मर्नबाट जोगाइएको छ, संसद फेरि पुनर्जीवित भएका छौं । हामी सबैलाई बधाई छ, हामी एउटा सङ्घर्षबाट सफल भएर भेट भएका छौं ।
संसद पुनःस्थापना नभएको भए हामी कारोना फैलाउँदै, आफू पनि संक्रमित हुँदै भोट माग्न गाउँ जानुपर्ने अवस्था हुन्थ्यो, त्यसको हामीले अन्त गरेका छौं । अब संसदलाई प्रभावकारी बनाएर लैजानुपर्नेछ।’
फेसबुक पेज Like गर्नुहोस