काठमाडौं - बार्सिलोनाका प्रमुख कार्यकारी अधिकृत ओस्कार ग्राउले नेयमारबारे बल्ल आफ्नो मुख खोलेका छन् । लामो समयदेखि पिएसजी स्टार नेयमार बार्सिलोना फर्कन चाहेका थिए ।

तर, पिएसजी र बार्सिलोनाबीच सहमति हुन नसकेपछि नेयमार पिएसजीमा नै रहन बाध्य भएका थिए ।

नेयमारलाई बार्सिलोना फर्काउन उच्च तहको प्रयास नभएको आरोप लागेपछि ग्राउले यस कुराको खण्डन गरेका छन् ।उनले पिएसजीले नेयमारलाई बेच्न नचाहेका कारण यो सम्झौता हुन नसकेको बताएका छन् ।

केही हप्ता अगाडि बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले नै नेयमार ल्याउन बार्सिलोना गम्भिर नदेखिएको आरोप लगाएका थिए । बार्सिलोनाले नेयमारबारे केही बोलेको थिए । अन्ततः नेयमारलाई पिएसजीले नै बेच्न नचाहेको रहस्य बार्सिलोनाका ग्राउले बाहिर ल्याएका छन् ।