काठमाडौं - नेपाली काङग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण देखिएको छ ।
शर्माले आफू संक्रमित भएको जानकारी सामाजिक संजाल अर्थात् फेसबुकमार्फत जानकारी गराएका छन् ।
शर्माले लेखेका छन् 'ज्वरो आई जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटलमा पुगेर स्वाब जचाउन दिएकोमा आज बिहानिपख रिपोर्ट पोजेटिभ आएको उहाँले जानकारी दिनुभएको छ।उहाँले टेकु अस्पतालका डाक्टर मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको र डेरामै आइसोलेसनमा बसेको बताउनुभयो ।
शर्माले भने कोरोनाको लक्षणले देखिए पनि मनोबल उच्च भने रहेको छ । साथै उनले सबैलाई सजग बनौं भनि बिनम्र आग्रह पनि गरेका छन् ।
.png)

.gif)



