काठमाडौं,पोखरा-नेपाली कांग्रेसले गण्डकीको संसद् बैठक बहिष्कार गर्ने भएको छ ।

संसदीय दलको बैठकले संसद बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बहिष्कार गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखलाई ध्यानाकर्षण पत्र पनि बुझाएका छन् ।

कांग्रेसले बैठकको निर्णयसहित ज्ञापनपत्र सभामुख कृष्ण धिताललाई बुझाएको हो।

बैठक आज दिउँसो ३ बजेदेखि बस्ने गरी प्रदेश प्रमुखले आह्वान गरेका थिए ।