प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सर्यो
खबर एक्सप्रेस
२०७७-११-२४ ११:५५ मा प्रकाशित
Total Shares: 332
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीको बैठक सरेको छ ।
सोमबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । थप गृहकार्यका लागि बैठक सारिएको उनको भनाई छ ।
नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल र भावी रणनीतिबारे निर्णय लिन बैठक बोलाइएको हो ।
सर्वोच्चले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको छ । सो पक्षले उक्त फैसलापछिको अवस्थाबारे कानून व्यवसायीसँग छलफलसमेत गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस