काठमाडौं - साविक विजेता वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा शानदार जित हात पारेको छ ।

शनिबार राती आफ्नै मैदानमा भएको खेलमा वायर्नले बोरुसिया डर्टमण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।वायर्नको जितमा रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे भने सेर्गी गनाब्रे एक गोल गरेका थिए । डर्टमण्डका माट हुमेल्सले आत्मघाती गोल गरेपछि एक गोल उपहार स्वरुप पाएको थियो ।

बायर्न म्युनिखको शानदार जित

खेलको १७ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि बढेका बायर्न दोस्रो हाफमा फराकिलो जित निकाल्न सफल भयो ।

४७ औं मिनेटमा सेर्गी गनाब्रेको गोलबाट वायर्नले अग्रता दोब्बर बनायो । खेलको ७६ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नलाई ३-० को अग्रता दिलाए ।

८० औं मिनेमा डर्टमण्डका हुमेल्सले आत्मघाती गोल गरेपछि वायर्न ४-० ले विजयी भयो । जितसँगै वायर्नले ११ खेलबाट २१ अंक जोडेको छ । वायर्न लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित डर्टमण्ड १९ अंक अंकसहित पाँचौं स्थानमा छ ।