काठमाडौं-महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

शुक्रबार आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिर पुगेका हुन्।

उनले पशुपतिनाथ मन्दिरमा पूजा–अर्चना गरेका छन् । महाशिवरात्रि पर्वमा राष्ट्र प्रमुखले पशुपतिनाथ मन्दिरमा पूजा गर्ने प्रचलन रहेको छ ।

शुक्रबार महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ ।

महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।