काठमाडौं - आज बिहान ११ बजे नेकपा एमालेको पोलिट्ब्युरो बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ ।  

पछिल्लो समय एमालेले पार्टीको बैठकलाई तीब्रता दिएको छ । आगामी मंसिर चार गते हुने निर्वाचनलाई मध्यनजर गर्दै बैठकलाई तीब्रता दिएको हो । 

भदौ १० गतेबाट एमालेको केन्द्रीय कमिटीको पाँचौं बैठक सुरु हुँदैछ । उक्त बैठकका लागि पनि आज बस्ने पोलिट्ब्युरो बैठकमा विभिन्न विषयमा छलफल हुने बताइएको छ ।