पाल्पा - पाल्पामा आज एकैदिन १ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पाल्पाको निस्दी गाउँपालिकामा ९३, पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार निस्दीका ९३ जनामा भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका संक्रमण पुष्टि भएको हो । साथै अरु सबै प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणबाट पुष्टि भएको कार्यालयले जनाएको छ ।

योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ६६ पुगेको छ । पाल्पामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।