काठमाडौं,पोखरा-यती एयरलाइन्स विमान दुर्घटनामा परेको बेपत्ता रहेका थप एक जनाको शव भेटिएको छ । 

फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको प्रहरीले जनाएको छ । योसँगै ७० जनाको शव फेला परेको छ । अज्ञात अवस्थामा रहेका २ जनाको शव भने भोलिमात्रै खोजी गरिने भएको छ । 

४ जना चालक दल सदस्यसहित ६८ जना यात्रुसहितको विमान सेती खोँचमा आइतबार बिहान दु्र्घटनामा परेको थियो ।