काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारी नियन्त्रणलाई ध्यान दिन आग्रह गरेका छन् । 

आइतबार सामाजिक सञ्जालमार्फत् थापाले केही समय उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाति राखेर कोरोना नियन्त्रणमा ध्यान दिन आग्रह गरेका हुन् ।

‘केही समय उदघाटन,शिलान्यास र पार्टी विवादलाई थॅाति राखेर कोरोना महामारी नियन्त्रणमा ध्यानदिन प्रधानमन्त्रीललाई आग्रह गर्दछु। कोरोना अनियन्त्रित र विकराल बन्दैछ।’ उनले ट्विटरमा लेखेका छन् ।