भुटानी शरर्णाथी प्रकरण: आज सरकारी वकिलले जवाफी बहस गर्ने
खबर एक्सप्रेस
२०८०-०३-०१ ०८:२० मा प्रकाशित
Total Shares: 85
काठमाडौं-नक्कली शरणार्थी प्रकरणमा आजवाट जवाफी बहस सुरु हुने भएको छ ।
सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फवाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्नेछन ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् ।
आजवाट हुने जवाफी बस शुक्रबार दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाटै निर्देशन दिईसकेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस