त्रिकोणात्मक टी–ट्वान्टी सिरिज: आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै
काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् । टियु क्रिकेट मैदानमा हुने खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रदैँछ भने मलेसिया पहिलो जितको खोजीमा छ । मलेसियालाई फाइनल पुग्न अब बाँकी रहेको दुई खेल जित्नै पर्ने दबाब छ । पहिलो खेलमा नेदरल्यान्ड्ससँग हार व्यहोरेको मलेसिया दोस्रो खेलमा नेपालसँग पनि स्तब्ध बनेको थियो । आजको खेलमा पनि मलेसिया पराजित भए प्रतियोगिताबाट बाहिरिनेछ । त्यस्तो अवस्थामा नेदरल्यान्ड्स र नेपाल फाइनलमा पुग्नेछ ।
नेपाल ३ खेलमा ४ अंक जोडेर शिर्षस्थानमा छ भने समान खेलमा ४ अंकसहित नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । मलेसिया पुछारमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस