काठमाडौं - सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक आज अपराह्न २ बजे सङ्घीय संसद् भवनकोमा बोलाइएको जानकारी दिए।

बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताए।

संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिने उनले बताए।