प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता
खबर एक्सप्रेस
२०७८-०८-०२ ०८:०३ मा प्रकाशित
Total Shares: 859
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।
सरकारी निवास बालुवाटारमा बिहीबार साँझ भएको भेटमा द्विपक्षीय सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
'हामीले लामो समयदेखिको नेपाल–अमेरिका मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा विषयमा विचार आदानप्रदान गरेका छौं,' प्रधानमन्त्री देउवाले ट्वीट गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस