कोशी प्रदेशसभाको बैठक बस्दै
खबर एक्सप्रेस
२०८०-०८-११ ०८:४६ मा प्रकाशित
Total Shares: 89
काठमाडौं - कोशी प्रदेशसभाको बैठक आज पनि बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा प्रदेश निजामति सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित दफावर छलफलका लागि सम्बन्धित समितीमा पठाइयोस् भन्ने प्रस्ताव पेश हुनेछ।
यस्तै बैठकमा कोसी प्रदेश विनियोजन अध्यादेश २०८० प्रतिस्थापन गर्न बनेको विधेयकमाथि सैदान्तिक छलफल हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीद्धारा जारी सुचनामा उल्लेख छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस