कर्णालीमा थप १६ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७७-०३-१६ ०३:४० मा प्रकाशित
Total Shares: 303
काठमाडौं - कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा रुकुम पश्चिमका ८ जना, दैलेखका ३ जना, डोल्पा र कालीकोटका २/२ जना र बाँकेका एकजनामा संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या १४४३ पुगेको छ ।
यस्तै, डिस्चार्ज हुनेको संख्या १०७२ पुगेको छ । पछिल्लो २४ घण्टामा ७१ जना डिस्चार्ज भएका छन् । कोरोनाबाट प्रदेशमा हालसम्म ६ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस