काठमाडौं - संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो सवा १ बजे बस्ने गरी बोलाइएको हो ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संसदको चालू अधिवेशन गत शुक्रबारबाट सुरू भएको हो। प्रतिनिधि सभाको बैठक भने आगामी माघ २४ गते बस्ने छ।