नेपाल नयाँ युगमा प्रवेश गर्याे : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँगको वार्ताले नेपाललाई नयाँ युगमा प्रवेश गराएको बताएका छन् ।
नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिको हस्ताक्षर समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले विप्लव समूहसँगको वार्ता सहमतिमा गइसकेपछि देश नयाँ युगमा प्रवेश गरेको बताए ।
पृथकतावादी सोच बोकेर संगठन बिस्तार गरिरहेको सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याएको उल्लेख गर्दै उहाँले देश नयाँ दिनमा मात्र नभएर नयाँ युगमा प्रवेश गरेको दावी गरे।
प्रधानमन्त्री ओलीले मुद्दामामिला अन्त्य गरी नेता तथा कार्यकर्तालाई छोडिने प्रतिबद्धता व्यक्त गर्दै छुट्ने शिलशिला सुरु भइसकेको जानकारी दिए । केही समय लाग्ने भए पनि समयसँगै नेता तथा कार्यकर्तालाई छुटाउने प्रतिबद्धता व्यक्त गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस