एजेन्सी - रियल मड्रिड स्टार खेलाडी हुन् मार्सेलो । उनी सन् २००७ मा रियलम अनुबन्ध भएका थिए । १३ वर्ष रियलमा बिताइसकेका उनी पछिल्लो समय युभेन्ट्स जाने खबर बाहिर आएको थियो । तर, उनले आफु रियलमा नै बस्न चाहेको बताएका छन् ।

उनका अनुसार रियलले पनि आफुलाई अन्य क्लबमा जान नदिने बताएका छन् ।उनले भनेका छन्, 'म रियलमा नै खुशी छु । अन्य क्लबबारे मैले सोचेको छैन ।' 

उनी अगाडि भन्छन्, 'इटालियन क्लब युभेन्ट्सले मलाई अनुबन्ध गर्न चाहेको खबर मैले सुने । यसका लागि धन्यवाद । तर, म रियलमा नै खुसी रहेको छ ।'

रियललाई उपाधिहरु जिताउन विशेष भुमिका खेल्दै आइरहेका उनी प्रशिक्षकका प्रिय खेलाडी पनि हुन् । जुन प्रशिक्षक रियलमा आए पनि उनले आफ्नो खेल कौशलले रिजाउन सफल भएका थिए र भइरहेका छन् पनि ।