काठमाडौं - स्पेनिस ला लिगा फुटबलको साविक विजेता बार्सिलोनाले आज एट्लेटिको मड्रिडसँग खेल्दैछ । क्याम्प नाउमा दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ ।

आजको खेल उपाधि दाबेदार बार्सिलोनाको लागि निकै महत्वपूर्ण रहने छ । बार्सिलोना पछिल्लो तीन खेलमा दुई बराबरी खेल्दै उपाधि होडमा रियल म्याड्रिडभन्दा पछाडी परेको छ । कोरोना संक्रमणको समयमा लिगको शीर्षस्थानमा रहेको बार्सिलोना हाल भने रियलभन्दा २ अंक पछाडी रहेको छ ।

समान ३२ खेलमा रियलले ७१ अंक जोडेको छ । बार्सिलोनाको ६९ अंक छ ।

पाहुना टोलिलाई हराउँदै बार्सिलोना उपाधि होडलाई कायमै राख्न चाहन्छ भने एट्लेटिको पनि बार्सिलोनालाई हराएर शीर्ष दुई टोलिसँगको अंक दुरी कम गर्न चाहन्छ । तेस्रो स्थानमा एट्लेटिकोको ५८ अंक रहेको छ ।