भ्यालेन्सिया कोपा डेल रेको तेस्रो चरणमा
खबर एक्सप्रेस
२०७७-०९-२४ ०९:५६ मा प्रकाशित
Total Shares: 426
काठमाडौं,एजेन्सी - स्पेनिस कोपा डेल रे फुटबलमा भ्यालेन्सियाले जित हात पारेको छ । गएराति भएको खेलमा दोस्रो डिभिजन क्लब एक्लानोलाई ४-१ गोल अन्तरले पराजित गर्दै भ्यालेन्सियाको तेस्रो चरणमा स्थान बनाउन सफल भएको हो ।
खेलको सातौं मिनेटमा काङ्ग इन लिको गोलबाट पाहुना टोली भ्यालेन्सियाले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि नवौं मिनेटमा उरोस रासिक र ३४ औं मिनेटमा रुबेनले गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए ।
४६ औं मिनेटमा अल्बर्टो ओकाले गोल गर्दै एक्लानोलाई पहिलो हाफमा ३-१ को स्थितिमा ल्याए । त्यसपछि ५३ औं मिनेटमा थियरी कोर्रेयाले गोल गर्दै भ्यालेन्सियालाई ४-१ को सहज जित दिलाए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस