डा. शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य पुरस्कार
काठमाडौं - सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार– २०२२ बाट सम्मानित हुने भएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत उनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य पुरस्कार प्रदान गरिने भएको हो।
एनआरएनए ननरेसिडेन्ट नेपाली एशोसिएसनले अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार– २०२२ प्रदान गर्ने भएको हो। अमेरिकाको क्यालिफोर्नियामा रहेको एशोसिएसनले डा. पुनलाई ११ सय डलरको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
एशोसिएसनले नेपाल स्थित संस्थाको प्रतिनिधिको उपस्थितिमा आउदो पुस ७ गते विशेष समारोह आयोजना गरी डा. पुनलाई उक्त पुरस्कार प्रदान गरिने जनाइएको छ। पुनलाई प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको भूमिकाको प्रशंशा गर्दै उक्त पुरस्कार प्रदान गर्न लागिएको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस