आज प्रतिनिधिसभा बैठक, यस्ताे छ सम्भावित कार्यसूची
खबर एक्सप्रेस
२०७८-०५-२५ १०:५५ मा प्रकाशित
Total Shares: 202
काठमाडौं - प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ ।
नवौँ अधिवेशन बुधबार सुरु भएको थियो । नवौं अधिवेशनअन्तर्गतको पहिलो, दोस्रो र तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदले नाराबाजी गरेका थिए। नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस