शेखर कोइरालाको आशंका: 'सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीको संलग्नता हुन सक्छ'
काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
बिहीबार काठमाडौंमा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्री दाहालको स्वकीय रहेका नवराज ढुंगानालाई राजस्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीलाई सहभागी नगराउनुले प्रधानमन्त्रीमाथि आशंका उब्जिएको बताए ।
नेता कोइरालाले प्रहरीलाई अनुसन्धानमा संलग्न नगराइ राजस्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण सञ्चारमाध्यमहरुले खोज्नुपर्ने बताए । उनले सुन तस्करी प्रकरणको अनुसन्धान चल्दै गर्दा अर्को प्रकरण निस्किने र सुन तस्करी प्रकरणबारे भइरहेको अनुसन्धान आझेलमा पर्ने दाबी पनि गरे ।
फेसबुक पेज Like गर्नुहोस