काठमाडौं,एजेन्सी - इटालियन सिरी एमा इन्टर  मिलानले एसी मिलानलाई पराजित गरेको छ । गएराति भएको मिलान डर्बीमा  इन्टरले दोस्रो स्थानको एसी मिलानलाई ३-० ले पराजित गरेको हो । 

 खेलको पाँचौं मिनेटमा मार्टिनेजको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । ५७औं मिनेटमा मार्नटेनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । त्यसपछि ६६औं मिनेटमा  रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई ३-०को जित दिलाए । 

जितसँगै इन्टर २३ खेलबाट ५३ अंक जोडेर शिर्ष स्थानमा छ । पराजित मिलान समान खेलबाट ४९ अंकसहित दोस्रो स्थानमा छ ।