काठमाडौं - सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश सहित वार्षिक साधारण सभा बस्ने भएको छ । सभा चैत २७ गते अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

साधारण सभाले ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुन्छ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको छ । साथै, साभले संस्थापकबाट ४ र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचित गर्नेछ । 

साधारण सभा  तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने भएको छ । सभामा भाग लिन चैत १२ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।