एजेन्सी - भारतका पूर्व गृहमन्त्री पी। चिदम्बरमलाई त्यहाँको केन्द्रीय अनुसन्धान व्युरो सीबीआईले गिरफ्तार गरेको छ ।

सीबीआईले चिदम्बरमलाई उनको घरबाटै हिरासतमा लिएको थियो । चिदमम्बरमलाई पक्राउ गरेपछि सीबीआई मुख्यालय लगिएको थियो । त्यसपछि सीबीआईले चिदम्बरमलाई आधिकारिक हिसाबमा गिरफ्तार गर्यो ।

चिदम्बरमलाई बिहीबार सीबीआईलाई विशेष अदालतमा पेश गरिनेछ । चिदम्बरममाथि भ्रष्टाचारको आरोप छ जुन उनले अस्वीकार गर्दै आएका छन् ।

दिल्ली उच्च अदालतले उनलाई पक्राउबाट संरक्षण गर्ने निर्णय गर्न अस्वीकार गरेपछि पी चितम्बरमको गिरफ्तारीको सम्भावना बढेको थियो ।

यस दौरान उनी सर्वोच्च अदालतको शरण पनि गएका थिए । उनको मुद्दामा शुक्रबार सुनुवाई हुनेछ ।