काठमाडौ - बागलुङमा आइतबार बिहान क्वारेन्टिनमा मृत्यु भएका युवकको स्वाब परीक्षण नतिजा ‘पोजेटिभ’ देखिएको छ ।

उक्त युवाको स्वाब परीक्षण नतिजा पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य प्रमुख सुरज गौरले जानकारी दिए ।निसीखोला गाउँपालिका–२ घर भएका २९ वर्षीय युवकको आइतबार बिहान क्वारेन्टिनमै मृत्यु भएको थियो ।

केही समय अगाडि भारतबाट आएर उनी ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बस्दै आएका थिए । युवक मिर्गौलाको समस्याबाट ग्रसित थिए ।