क्वारेन्टिनमा मृत्यू भएका युवकको ‘पोजेटिभ’ नतिजा
खबर एक्सप्रेस
२०७७-०३-२१ ०२:५७ मा प्रकाशित
Total Shares: 431
काठमाडौ - बागलुङमा आइतबार बिहान क्वारेन्टिनमा मृत्यु भएका युवकको स्वाब परीक्षण नतिजा ‘पोजेटिभ’ देखिएको छ ।
उक्त युवाको स्वाब परीक्षण नतिजा पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य प्रमुख सुरज गौरले जानकारी दिए ।निसीखोला गाउँपालिका–२ घर भएका २९ वर्षीय युवकको आइतबार बिहान क्वारेन्टिनमै मृत्यु भएको थियो ।
केही समय अगाडि भारतबाट आएर उनी ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बस्दै आएका थिए । युवक मिर्गौलाको समस्याबाट ग्रसित थिए ।

.gif)




फेसबुक पेज Like गर्नुहोस