कांग्रेसले पनि बोलायो संसदीय दलको बैठक
खबर एक्सप्रेस
२०७८-११-०२ ०२:०६ मा प्रकाशित
Total Shares: 230
काठमाडौं - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक डाकेको छ। भोलि मंगलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक तय गरिएको हो।
बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगपछिको राजनीतिक घटनाक्रम, एमसीसी, संसद बैठकमा एमालेको जारी अवरोधलगायतका विषयमा छलफल हुने बताइएको छ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको पनि संसदीय दलको बैठक बसिरहेको छ।
फेसबुक पेज Like गर्नुहोस