काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय ५२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२५, भक्तपुरमा ४ र ललितपुरमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७२५ जनाको पीसीआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ३१६८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख १८ हजार ८ सय ४३ जना कोरोना भाइरस स‌ंक्रमणमुक्त भएका छन् ।

कोरोनाभाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।