यस्तो छ आगामी तीन दिनको मौसम
काठमाडौं - काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहीबार (आज) बिहानैदेखि वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानपखदेखि काठमाडौंसहित देशका विभिन्न स्थानमा करिब ३ घण्टादेखि सामान्य वर्षा भइरहेको छ । महाशाखाका अनुसार हाल नेपालमा वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट प्रदेश ३ हुँदै प्रवेश गरेको छ । प्रदेश २ मा वर्षा गराई अहिले यो प्रणाली क्रमशः बागमती, गण्डकी हुँदै अब प्रदेश १ तिर सर्ने क्रममा छ।
आज दिनभर देशैभर मौसम खुल्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बिहीबार
दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ।
राती : देशभर पहाडी भू-भागहरुमा आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरी सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार
दिउँसोः देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आशिक देखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भूभागहरुमा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आँशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
शनिबार
बिहान : देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश , सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।
प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस