काठमाडौं - बहुप्रतीक्षित मेलम्ची खानेपानी पहिलोपटक सुन्दरी जल आइपुगेको छ । 

शनिबार आयोजित विशेष कार्यक्रमका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुन्दर जलमा पानी खसालेका हुन् ।

गत फागुन १० गते परीक्षणका लागि हालिएको पानी साढे २६ किलोमिटर सुरुङमा भरिएर आज सुन्दरीजल आइपुगेको हो । अब मेलम्चीको पानी यही केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ।