रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक रहेको अमेरिकाको दाबी
एजेन्सी - अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति स्थापना सम्बन्धी २८ बुँदे योजनामा केही प्रगति भएको निष्कर्ष निकालेको छ ।
तर सुरक्षा ग्यारेन्टीका मुख्य मुद्दाहरूमा भने सहमति जुट्न नसकेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले तयार गरेको शान्ति योजनाले युक्रेनलाई केही भूभाग त्याग्न, सेनाको आकारमा सीमितता स्वीकार्न र नाटोमा सम्मिलित नहुन आग्रह गरेको छ । जसले युक्रेन र युरोपेली देशहरूबीच चिन्ता बढाएको छ ।
रुबियोले वार्तामा केही जटिल बुँदाहरू सल्टाउन गर्न सफल भएको तर नाटोको भूमिकादेखि युक्रेनलाई दिने सुरक्षा प्रत्याभूतिको विषय अझै टुंगिन बाँकी रहेको बताए ।

.gif)




फेसबुक पेज Like गर्नुहोस