बुटबल - गुल्मीमा थप ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय, गुल्मीले दिएको जानकारी अनुसार शुक्रबार सङ्कमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका २० जना, गुल्मीदरबार गाउँपालिकाका १४ जना, इश्मा गाउँपालिकाका १२ जना र मालिका गाउँपालिकाका दुई जना रहेको छ । स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।

उनीहरूको उमेर समूह १६ देखि ५९ सम्मको रहेको छ । सङ्क्रमण देखिएका सबै भारतबाट आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १५४ पुगेको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।