काठमाडौं - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गर्ने नयाँ वरियतामा नेपालको स्थान थप खस्किएको छ । नयाँ वरियताअनुसार नेपाल ६ स्थान तल झरेको छ ।

यसअघि नेपाल १६१ औं स्थानमा रहेको थियो । विश्वकप छनोट अन्तर्गतका खेलमा लगातार हार ब्यहोरेको नेपाल ६ स्थान तल झर्दै १६७ औं स्थानमा पुगेको छ । विश्वकप छनोटमा अष्ट्रेलिया र जोर्डनसँग पराजय भोगेको थियो ।

नयाँ फिफा वरियताअनुसार दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ । विश्वस्तरमा भने बेल्जियम, फ्रान्स, ब्राजिल, इङ्ल्याण्ड र उरुग्वे क्रमशः प्रथमदेखि पाँचौ स्थानमा रहेका छन् ।