काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना मुक्त हुनेको संख्या भने झण्डै २ लाखको हाराहारीमा पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ९९ सहित कुल १ लाख ९९ हजार २४ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाका सक्रिय संक्रमितको संख्या भने १९ हजार ९ सय ६३ छ ।