एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै,ओलीको प्रतिवेदनमाथि छलफल हुने
खबर एक्सप्रेस
२०८१-०९-२२ ०७:३० मा प्रकाशित
Total Shares: 57
काठमाडौं-नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । आइतबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
आइतबारको बैठकमा २७ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । आज बाँकी नेताहरूले प्रतिवेदनमाथि बोल्ने कार्यसूची छ ।
हिजोको बैठकमा र्वउपाध्यक्ष भीम रावलसहित तीन नेतालाई कारबाही गरिएको निर्णय सच्याउन माग गरिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस