नेपालमा थप १४३ जनामा कोरोना संक्रमण,९ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १ हजार ९८० र एन्टिजेन विधिबाट ३५३ जनामा परिक्षण गर्दा १४३ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १४ हजार ५५८ र एन्टिजेनबाट ९४ हजार ८१७ जना पुगेको छ ।
यस्तै, आज थप ५६३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९५ हजार ३९७ जना पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४४८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७१३ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस