विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला
खबर एक्सप्रेस
२०७७-०५-३० ०८:१३ मा प्रकाशित
Total Shares: 293
काठमाडौं - नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला तोकिएका छन्।
ऊर्जा मन्त्री वर्षमान पुनले लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेको स्रोतले बताएको छ ।
कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक (१२ औं तह) मा कार्यरत थिए । उनी वरिष्ठताका आकारमा निमित्त कार्यकारी निर्देशक तोकिएका हुन् ।
निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएसँगै कोइराला निमित्त कार्यकारी निर्देशक बनेका हुन्।
फेसबुक पेज Like गर्नुहोस