लिभरपुललाई हराउँदै रियल सेमिफाइनलमा
खबर एक्सप्रेस
२०७८-०१-०२ ०९:५१ मा प्रकाशित
Total Shares: 268
काठमाडौं,एजेन्सी - स्पेनिस क्लब रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुलसँग गोलरहित बराबरी खेलेपनि समग्रमा ३-१को जित निकाल्दै रियलले अन्तिम चारको यात्रा तय गरेको हो ।
लिभरपुलको मैदानमा भएको दोस्रो लेगमा दुवै पक्षबाट गोल हुन सकेन । प्रतिस्पर्धात्मक रहेको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । रियलले पहिलो लेगमा ३–१ को जित निकालेको थियो ।
अब रियलले सेमिफाइलमा इंग्लिस क्लब चेल्सीको सामना गर्नेछ । चेल्सीले पोर्चुगिज क्लब एफसी पोर्टोलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्न सफल भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस