पिसाव फेर्न जंगल पसेका पुरुषलाई बाघले लगेको आशंका, खोजी कार्य सुरु
काठमाडौं - पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया–अमलेखगञ्ज सडकखण्डमा एक पुरुषलाई बाघले आक्रमण गरी जंगलतर्फ लगेको आशंका गरिएको छ ।
शनिबार बिहान अमलेखगञ्जबाट करिब १ किलोमिटर दक्षिण तर्फको जंगलबाट बाघले अन्दाजी ४५ वर्षीय पुरुषलाई आक्रमण गरीलगेको आशंकामा खोजी सुरु गरिएको हो । सडकमा हिडिरहेका ती पुरुष पिसाब फेर्न भन्दै नजिकैको जंगल पसेका थिए । तर, जंगल पसेको केही बेरमै ठुलो आवाजमा ति पुरुष चिच्याएपछि नजिकै रहेकी अर्की महिलाले प्रहरीलाई खबर गरेकी थिइन् ।
त्यसपछि घटनास्थल पुगेको प्रहरीको टोलीले ती पुरुषलाई फेला पार्न नसकेपछि बाघले लगेको आशंका गरिएको हो। हाल निकुञ्जको चार वटा हात्तीमा सेना र प्रहरीको टोलीले वेपत्ता पुरुषको खोजीकार्य सुरु गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस