काठमाडौं - माइतीघर मण्डलबाट जनमत पार्टीका अध्यक्ष सिके राउतसहित दर्जन बढी कार्यकर्ता पक्राउ परेका छन् । धोती दिवस मनाउने क्रममा अध्यक्ष सिके राउतसहित दर्जनभन्दा बढी पक्राउ परेका हुन् ।

‘राष्ट्रिय धोती दिवस’को अवसरमा र्‍याली लिएर माइतीघर जान खोजेपछि जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत दर्जन बढी कार्यकर्ता पक्राउ परेका हुन् । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ ।

माइतीघरदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।