लकडाउनले गाँस छिन्यो, भोकले आत्महत्या प्रयास
खबर एक्सप्रेस
२०७७-०२-२२ ०८:३७ मा प्रकाशित
Total Shares: 473
हेटौंडा - हेटौंडा–४ का एक मजदुरले यसै साता आत्महत्या प्रयास गरे । छिमेकीले तत्काल थाहा पाएपछि उद्धार गरी उनलाई सान्त्वना मात्र दिएनन्, केही रकम जम्मा गरी दाल, चामलको जोहो गरिदिए ।
लकडाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएपछि ती अधबैंसे पुरुषले आत्महत्या प्रयास गरेका थिए । ‘मजदुरी गरेर जीविका चलाउँदै आएका उनले आफ्ना ससाना चार छोराछोरीलाई यो खाऊ भन्ने चीन केही दिन नसकेपछि आफू मर्ने निधो गरेका रहेछन्,’ स्थानीय मिलन श्रेष्ठ भन्छन् ।
लकडाउनका कारण काम बन्द भएपछि दैनिक ज्यालादारी गरी जीविका चलाउँदै आएका मजदुरको दैनिकी कष्टकर बन्दै गएको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकबाट

.gif)




फेसबुक पेज Like गर्नुहोस